‘२१ वर्षमा पनि विवाह बचाउन सकिनँ’ : अरबाज
बलिउड अभिनेत्री मलाइका अरोडा र अभित्रेता तथा निर्देशक अरबाज खानको सम्बन्ध विच्छेद २०१७ मा भयो । भारतिय मिडियाका अनुसार मलाइकाको अर्जुन कपुरसँग सम्बन्ध बढ्दै गएपछि उनीहरुको सम्बन्ध चिसिदै गएको थियो ।
मिडियामा विभिन्न कुरा आएपछि मलाइका र अर्जुनले दुरी बनाई राखेका थिए तर अहिले उनीहरुको विवाह बन्धनमा बाधिने खबर बाहिरिएको छ । अरबाज पनि अहिले इटालियन मोडल जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।
अरबाज र मलाइका सन् १९९८ मा विवाह भएको थियो । उनीहरुको एक छोरा मलाइकासँग छन् । सम्बन्ध विछोडबारे मलाइका र अरबाज त्यति खुलेर कुरा राख्दैनन । केही दिनअघि भारतीय मिडियामा अरबाजले यसबारे बोलेका छन् । उनले भने ‘मानिस सधैं केही बढी पाउने कोसिस गरिरहेको हुन्छन् । यसका लागि सधैं मेहेनत गर्नु पर्छ ।’
उनले कुनै पनि व्यक्तिले सम्बन्ध राम्रो राख्न पनि मेहनेत गर्नु पर्ने बताए । यसका लागि आफूले २१ वर्ष प्रयास गरेको तर आफू सफल नभएको उनको तर्क थियो ।