यौन दुव्र्यवहारको आरोपबारे बल्ल बोले साजिद खान
केहि समय अगाडी यौन दुरव्यवहारको आरोप लागेपछि निर्देशक साजिद खानले ‘हाउफुल ४’ फिल्म छोडनुु परेको थियो। उनी माथि चार जना महिलाले यौन दुरव्यवहारको आरोप लगाएका छन् ।
साजिद माथि लागेको यौन आरोपलाई लिएर कुनै कदम उठाउनु भन्दा अगाडि उनको कुरा सुन्न जरुरी छ भन्दै इन्डिया फिल्म एण्ड टेलिभिजन डायरेक्टरर्स असोसिएशनले कारण खुलौं भन्दै नोटिस पठाएको छ । साजिद खानले सामाजिक सञ्जाल मार्फत जबाफ दिएका छन् ।
उनले लेखेका छन् ‘म माथि लागेको आरोपको कारण ‘आइएफटिडिए’लाई जे जोखिम उठाउनु पर्याे त्यसको लागि म माफि माग्न चाहन्छु । यो आरोपले मेरो करियर मात्र प्रभाव पारेको छैन । मेरो आमा र बहिनीलाई पनि निकै दुख पुगेको छ । म यो पनि भन्न चाहन्छु कि नोटिसमा भनेको सबै आरोप गलत हो । म सधै असोसिएशनको सहयोग गर्छु ।’
साजिद खानको जबाफपछि असोसिएशनले साजिदको कुरा सुन्नको लागि १ नम्बरको बैठक राखेको छ । यो बैठकमा आइएफटिडिए को इन्टरनल कन्प्लेट कमिटीशको सदस्य साजिदको बयान लिनेछन ।