वरुण धवन प्रेमिका नताशासँग विवाहको योजना बनाउँदै
बलिउड अभिनेता वरुण धवनले करण जौहरको ‘कफी विथ करण’ शो को छैठौं सीजनमा आफु रिलेशनशिपमा रहेको खुलाएका छन् । वरुण अहिले विद्यालयको साथी नताशा दलालसँग डेटिङ गरिरहेका छन् । करणको शोमा उनले नताशासँगको सम्बन्धबारे खुलेर कुरा गरेका छन् ।
वरुणले भने, ‘म नताशासँग डेट गरिरहेको छु । हामीहरू जोडी हौं । म उसैसँग बिहेको योजना बनाइरहेको छु ।’ करणले वरुणलाई बिहे कहिले गर्छौ भनेर सोध्दा उनले भने ‘म कुनै पनि सेलिबे्रटी जोडिसँग प्रतिष्पर्धा गर्न चाहन्न । उनको यो जवाफमा करणले भने ‘जुन दिन तिम्रो विवाह हुन्छ त्यो दिन मेरो लागि निकै इमोशनल हुन्छ । म आफनै छोरालाई गुमाउँदै छु भन्ने महशुस गर्नेछु ।’
वरुण र नताशा कहिले लन्च अनि कहिले डिनर डेटमा देखिन्छन् । सोनम कपूर र आनन्द आहुजाको बिहेमा पनि दुवैजना सँगै पुगेका थिए । हालै वरुणले नताशालाई विदेश घुमाउन पनि लगेका थिए । दुवैजना सामाजिक सञ्जालमा एक अर्काको तस्वीर शेयर गरिरहेका भेटिन्छन् ।