छोरीलाई काली भन्दा आक्रोशित भए शाहरुख
बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको फिल्मी डेव्युलाई लिएर मिडियामा चर्चा भैरहोको छ । शाहरुख पनि आफ्नी छोरीको तारिफ गरेर कहिले थाक्दैनन ।
कोलकतामा आयोजना हुने ‘कोलकता फिल्म फेस्टिबल’को उद्घाटन कार्यक्रममा पत्रकारले प्रश्न गरे ‘शाहरुख खान फियरनेस क्रीमको विज्ञापनमा काम मात्र गर्छन भन्दा हुन्छ ?’ यो प्रश्न उनको छोरी सुहाना काली भएर उठाइएको थियो । उनले मिडियालाई जवाफ दिँदै भने ‘मेरी छोरी काली छिन् तर उनी संसारकै सबैभन्दा सुन्दर केटी हो ।’
उनले भने ‘म कहिलै आफु सुन्दर भएको मान्दिन । न म अग्लो छु, न मेरो शरिर राम्रो छ, न मलाई राम्रो डान्स गर्न आउँछ । म आज जहाँ छु त्यहाँ मलाई स्टारडमले पुराएको हो । जसले गर्दा म आज पनि दर्शकको दिलमा बसेको छु । तर पनि म आफुलाई नम्बर वान मान्दिन ।’ उनले आक्रोशित हुदै भने, ‘जसरी म एक साधारण हुँ, म जस्तै मेरो श्रीमती र छोराछोरी पनि साधारण मान्छे हुन । हामी लोअर मिडिल क्लास परिवार हौं । तर म इमानदारीताका साथ काम गर्छु ।’
शाहरुखको यस्तो जवाफले सबैलाई चकित पारेको छ । सुहाना खान अहिले पढाईको लागि लण्डनमा रहेकी छिन् । सुहाना फिल्ममा नआउँदै विभिन्न विषयले गर्दा चर्चामा आउँछिन । उनको फोटोसुट पनि निकै चर्चाको विषय बनेको थियो । फिल्म क्षेत्रमा आउने तर्खरमा रहेकी सुहाना कमाल देखाउन सक्छिन कि सक्दिनन हेर्न बाँकी छ ।