दुई परम्परा अनुसार दीपिका र रणवीरको बिहे
बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो ६ वर्षदेखिको पे्रमलाई नोभेम्वर चौध तारिखमा बिवाहमा परिवर्तन गरेका छन् । उनीहरुको विवाह सुरुमा कोंकणी रितिरिवाज अनुसार भएको हो भने आज सिन्धी रितिरिवाजबाट हुदैछ । दीपिका कोंकणी परिवारकी र रणवीर पञ्जावी परिवारका हुन ।
१३ नोबेम्बरमा कोंकणी समुदायको रिवाज अनुसार इन्गेजमेन्ट, संगीत र मेहन्दी कार्यक्रम सम्पन्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दीपिका र रणवीरको बिहेको फोटो आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । विवाहमा उपस्थित पाहुनालाई मोबाइल समेत साथमा लान निषेध गरिएको छ । सामाजिक सञ्जालमा उनीहरुको विवाह भइरहेको स्थान लेक कोमोको भिला डेल बालबीएनलोका केहि फोटो सार्वजनिक भएका छन् । उनीहरु आज राती ६ बजे विवाहको पहिलो फोटो सार्वजनिक गर्दैछन् । दीपिका र रणवीरले विवाहमा उपहार नलिने भएका छन् । उनीहरुले विवाह र रिसेप्सनमा आमन्त्रण गरेको पाहुनालाई कुनै चिज पनि उपहार नल्याउन आग्रह गरका छन् ।
उनीहरुले बिहेमा लगाउने गहना देखि लिएर सबै चिजको बिमा गरिएको छ । बिमा कम्पनीले बिहे अवधि भरका लागि अन्य सामानको पनि जिम्मेवारी लिएको जनाएको छ । रिपोर्टहरुका अनुसार जहाँ विवाह भइरहेको छ त्यस होटलमा एक कोठाको न्यूनतम भाडा करिब ४०० यूुरो (भारु. ३३,०००) छ । यो कार्यक्रम हुने भवनमा ७५ कोठा रहेको छ । यो हिसाबमा दीपिका रणवीर एक दिनको लागि २४ लाख ७५ हजार खर्च गर्नेछन् । विवाहको लागि एक हप्तामा १ करोड ७३ लाख २५ हजार भाडामा मात्र खर्च हुने छ ।