अर्जुनसँगको बिहे बारे मलाइका नबोल्ने
पछिल्लो समयमा मलाइका अरोरा र अर्जुन कपूरको विवाह खबरले मिडिया तताएको छ । भारतिय मिडिया अनुसार आउँदो वर्ष २०१९ मा बिहे गर्न सक्ने खबर बाहिरिएको छ ।
उनीहरुको विवाहको बारेमा मलाइका अरोरालाई प्रश्न गर्दा उनले भनिन्, ‘म कहिल्यै पनि व्यक्तिगत प्रश्नको जवाफ दिन्न । मलाई लाज लागेर होइन आफनो व्यक्तिगत कुरा मिडियामा भन्दा सहज महसुस हुँदैन । मलाई यस बारेमा केहि कुरा गर्नु छैन । म आफनो जिन्दगी इन्जोय गरिरहेको छु ।’
मलाइका र अर्जुन आफनो रिलेशन गोप्य रुपमै राख्दै आएका छन् । उनीहरु एक साथ देखिए भने पनि मिडियामा फोटो भाइरल हुने गर्छ । पछिल्लो समयमा उनीहरु एक साथ ‘इन्डियाज गड ट्यालेन्ट’को सेटमा देखिएका थिए । त्यहाँबाट एक पटक फेरि विवाहको विषयलाई लिएर चर्चामा आएका छन् ।
मलाइका अरोरा र अरवाज खानको २०१७ मा सम्बन्ध विछेच्द भएको थियो । अर्जुन कपूरसँगको निकटताले नै मलाइकाको बैवाहिक सम्बन्ध चिसिएको थियो ।