राजकुमार हिरानीको ‘मुन्ना भाई ३’ मा संजय दत्त
निर्देशक राजकुमार हिरानी र अभिजात जोशीको सुपरहिट फिल्म ‘मुन्ना भाई’को सिक्वेल फिल्म ‘मुन्नाभाई ३’ अर्काे वर्ष फ्लोरमा जाने पक्का भएको छ । निर्देशकका अनुसार मुन्ना भाई ३ स्क्रिप्ट तयार भइसकेको छ ।
फिल्ममा मुन्ना भाईको भुमिकामा संजय दत्त र सर्किटको भुमिकामा अरशद वारसी नै देखिने छन् । फिल्मको स्क्रिप्ट तयार भएपछि मात्रै फिल्मको नायिका र बाँकी कलाकार कास्ट गर्ने बताइएको छ । यो फिल्ममा सर्किटको भुमिकामा अरशद वारसी नहुने चर्चा चलेको थियो । ‘संजु’ फिल्ममा संजय दत्तको साथीको भुमिकामा देखिएका विक्की कौशल रहने चर्चा चलेको थियो तर सर्किटको भुमिकामा अरशद वारसी नै देखिने पक्का भएको छ ।
अरशदले भनेः ‘केहि दिन अगाडि मेरो र राजको कुरा भएको छ । उनले अहिले फिल्मको स्क्रिप्टमा काम भईरहेको बताए । साथै फिल्म अर्का वर्षबाट छायांकन जाने पनि पक्का भएको छ । यो फिल्ममा पछिल्लो फिल्मको भन्दा फरक विषय वस्तु समावेश गरिने भएको हुदा राजलाई विषयवस्तु छान्नको लागि समय लागेको हो । अहिले विषय वस्तुको छनोट भइसक्यो । अब स्क्रिप्टको काम सुरु भएको छ । फिल्म राम्रो बन्छ ।’