‘श्रद्धाले श्रेष्ठसँग विवाहको योजना बनाएको छैन’: शक्ति
बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालका रोहन श्रेष्ठसँग प्रेममा छिन् । रोहन सेलिब्रेटी फोटोग्राफर हुन् । भारतीय मिडिया अनुसार श्रद्धा चाँडै नेपालकी बुहारी बन्न सक्ने अनुमान लगाइएको छ ।
श्रद्धा र रोहन गत वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । शक्ति कपूरले श्रद्धाको विवाहबारे बोलेका छन् । उनले भने, ‘श्रद्धा ५ वर्ष सम्म विवाह गर्दिनन् । राकेश मेरो पारिवारिक साथी हो । विवाहको कुरा भएको छैन । श्रद्धा आफ्नो जिन्दगीमा के भइरहेको छ सबै भन्छिन् । श्रद्धाले अहिले बिहेमा भन्दा पनि आफ्नो भविष्यको बारेमा सोच्न जरुरी छ ।’
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । रोहन बलिउडका चर्चित सेलिब्रेटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । राकेशले आफ्नो जीवनमा ६ सय भन्दा बढि फिल्मको सुट गरेका छन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए । रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् ।