‘पीएम मोदी’ ब्यान्ड गर्ने मागमाप्रति निर्माताको जवाफ
राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेनाले प्रधानमन्त्रीको बायोपिक ‘पीएम नरेन्द्र मोदी’ रिलिज गर्न नदिने धम्की दिएका छन् । फिल्मको ट्रेलर रिलिज पश्चात फिल्म विवादमा फसेको छ । पार्टीको अनुसार यो फिल्मले अप्रिल–मेमा हुनु लागेको लोकसभा चुनावको आदर्श आचार संहिताको उल्लंघन गर्छ ।
जावेद अख्तरले फिल्मको क्रेडिट लाइनमा आफ्नो नाम देखेर आपत्ती जनाएका छन् । उनले फिल्मको लागि कुनै पनि गीत नलेखेको बताएका छन् । यी दुई विवाद पछि फिल्मका निर्माता सन्दिप सिंहले भारतिय मिडियासँग कुराकानी गरेका छन् । उनले फिल्म रिलिज मिति सार्नुको कारण बताउँदै भने, ‘यो फिल्म अप्रिल १२ मा रिलिज हुँदै थियो । तर १७ अप्रिलमा करण जोहरको कलंक फिल्म रिलिज हुँदैछ । त्यसैले हाम्रले ५ अप्रिलमा फिल्म रिलिज गर्ने निर्णय गरेका हौं ।’
डीएमकेको विवाद बारे बोल्दै सन्दिपले भने, ‘डीएमकेले आफ्नो काममा ध्यान दिन जरुरी छ । यो एक साधारण फिल्म हो । एक यस्तो व्यक्तिको जीवनमा आधारित छ, जसले सबैलाई प्रेरणा दिन्छ । डीएमकेलाई कुनै पनि एउटा फिल्मले यति धेरै समस्या हुन नपर्ने हो । चाहे फिल्म चुनाव अगाडी रिलिज होस् या पछाडी । यदि उनीहरु राम्रो काम गर्छन् भने भोट पाउछन् । यो फिल्म यस्तो व्यक्तिको बारेमा हो जसले चियावाला देखि प्रधानमन्त्री सम्मको यात्रा गरेको छ । यो फिल्म सबैलाई हेर्न अनुरोध गर्छु ।’