डिभोर्सको खबर छाप्ने पत्रिका बिरुद्ध मुद्धा हाल्दै प्रियंका
केहि दिन अगाडि बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अमेरिकन गायक निक जोनसको डिभोर्स हुन लागेका भन्ने खबर आगो सरी फैलिएको थियो । अमेरिकाको ओके म्यागेजिनले डिभोर्स गर्ने दाबी गर्दै समाचार लेखेको थियो ।
त्यो समाचार फैलिदा प्रियंका निकसँग छुट्टि मनाउँदै थिइन । उनी ‘जोनस ब्रदर’ शोमा समेत सामेल भएकी थिइन । डिभोर्सको बारेमा समाचार फैलिएपछि प्रियंकाले त्यस म्यागेजिनलाई मानहानीको मद्धा लगाउने बताएकी छन् ।
उनले डिभोर्स गर्न लागेको खबर झुटो भएको बताउदै ओके म्यागेजिनले अप्रिल फुल मनाएको खुलाइन । उनीहरुको डिभोर्स हुने खबर झुटो भएको परिनीति चोपडाले पनि बताएकी छन । उनले यो समाचार झुटो भएको सबैलाई थाहा छ भन्दै यस बारेमा धेरै बोल्न आवश्यक नरहेको बताइन ।