‘आलियालाई रिलेशनको निर्णय लिन छुट छ’: पुजा भट्ट
एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपूरको प्रेम सम्बन्धलाई लिएर निकै चर्चा हुने गर्छ । उनीहरुले प्रेममा रहेको कुरा लुकाएका छैनन् । केहि समय अगाडी फिल्म फेयर अवार्डमा आलियाले उत्कृष्ट अभिनेत्री अवार्ड र रणबीरले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । उनीहरुले अवार्ड पाएपछि रणबीरकी आमा नीतु कपूरले दुवैलाई बधाई दिएकी थिइन् ।
उनीहरुको प्रेमलाई दुवैको परिवारले स्विकार गरेका छन् । उनीहरुको सम्बन्धबारे बोल्दै आलियाको दिदी पुजाले भनिन्, ‘आलिया आफ्नो रिलेशनको बारेमा कुनै पनि निर्णय लिन सक्छिन् । त्यो उसको अधिकार हो । उनको हरेक सुख दुःखमा साथ हुनेछौं । उनी खुशि र सुरक्षित रहोस् भन्ने कुरामा ध्यान दिन्छौं । तर उनलाई कुनै पनि कुरामा फोर्स गर्दैनौं ।’
पुजाले आलियाको अभिनयको तारिफ गर्दै भनिन्, ‘आलिया शानदार अभिनेत्री हुन् । आलियाले हरेक फिल्ममा राम्रो अभिनय गरेकी छन् । ऊ फिल्म दिलबाट छनोट गर्छिन ।’ आलिया र पुजा पहिलो पटक ‘सडक २’मा स्किन सेयर गर्दैछन् । फिल्ममा संजय दत्त र आदित्य राय कपूर पनि मुख्य भुमिका रहने छ ।