विद्याले छोडेपछि कंगनाको हातमा जयललिता !
एजेन्सी– कंगना रनावत तमिलनाडुकी पूर्व सीएम जयललिताको बायोपिकमा मुख्य भुमिका निभाउँदै छिन् । जयललिताको बायोपिकमा बनेको फिल्म तमिलमा ‘थलाइवी’ र हिन्दीमा ‘जया’ नामबाट रिलिज गरिने छ । यो फिल्म कंगना भन्दा पहिला विद्या बालनलाई अफर गरिएको खबर भर्खरै बलिउडमा सार्वजनिक भएको छ ।
विद्या बालनले यो रोल अस्विकार गरेपछि मात्र कंगनाको हातमा फिल्म पुगेको बताइन्छ । हालै विद्याले फिल्म छोडनुको कारण खुलेको छ । भारतिय मिडियाका अनुसार, विद्याले जयललिताको बायोपिकमा उनको रोललाई न्याय गर्न नसक्ने भएर छाडेकी हुन् । विद्या अहिले इन्दिरा गान्धीको वेब सीरीजमा काम गर्दै छिन् । साथै उनले यो फिल्मको लागि नयाँ अनुहारको खोजी गर्नु समेत भनेकी थिइन् ।
यो फिल्मको लागि कंगनाले मंहगो पारिश्रमिक लिएकी छन् । भारतिय मिडिया अनुसार कंगनाले यो फिल्मको लागि २४ करोड लिएकी हुन् । एएल विजयले निर्देशन गर्न लागेको फिल्ममा कथा लेखन केवी विजेन्द्र प्रसादको रहेको छ ।