छोरीको फिल्ममा सुनिल शेट्टीको हस्तक्षेप
बलिउड फिल्म ‘मोतीचुर चकनाचूर’को कारण सुनिल शेट्टी चर्चामा रहेका छन् । ‘मोतीचुर चकनाचूर’का निर्माता सुनिल शेट्टी फिल्मबाट खुशी छैनन् । अन्य निर्माताहरुको अनुसार सुनिल फिल्ममा निकै हस्तक्षेप गरिरहेका छन् । यो फिल्ममा सुनिल शेट्टीको छोरी आथिया शेट्टी र नवाजुद्धीन सिद्धिकी मुख्य भुमिका रहेको छ ।
भारतिय मिडियाका अनुसार, फिल्मका निर्माता राजेश र किरण भाटियाले १३ मार्चमा एक नोटिस सार्वजनिक गरेका थिए । नोटिसमा उल्लेख गरे अनुसार, ‘मोतीचुर चकनाचूर’को बारेमा अन्तिम निर्णय लिने अधिकार सुनिल शेट्टीसँग छैन । फिल्मबारे प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चर्चा गर्न, रणनीति तयार गर्न, फिल्मको सम्पादनमा हस्तक्षेप गर्ने कुनै पनि अधिकार सुनिल शेट्टीसँग छैन । नोटिसमा सुनिललाई चेतावनी दिइएको थियो । यदि उनले फिल्मलाई हस्तक्षेप गरे भने गोपनीयता उल्लंघनको मुद्धा लगाइने छ ।
सुनिलकी छोरी आथिया सलमान खानको ‘हीरो’ फिल्मबाट डेब्यु गरेकी हुन् । यो फिल्म बक्स अफिसमा असफल भयो । त्यसपछि आथिया ‘मोतीचुर चकनाचूर’मा काम गर्दैछिन् । यो फिल्मको सम्पादन गर्दा आथियाको रोल नकाटियोस् भनेर सुनिल शेट्टीले हस्तक्षेप गरिरहेका थिए ।