परिणिति चोपडा किन सिक्दैछिन् ब्याडमिन्टन ?
बलिउड अभिनेत्री परिणीति चोपडा ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकको खेल्दैछिन् । यसको लागि परिणीति हाल ब्याडमिन्टनको तालिम लिदै छिन् । पहिला यो भूमिका श्रद्धा कपूरले गर्दैथिइन् । फिल्मको लागि श्रद्धाले तालिम पनि सुरु गरिसकेकी थिइन् ।
केहि महिना तालिम लिएपछि श्रद्धाले फिल्म छाडेकी हुन् । श्रद्धाले फिल्मको लागि समय दिन नसक्ने भएपछि फिल्म छाडेको भारतिय मिडियामा उल्लेख गरिएको छ । परिणीति आफुलाई क्यारेक्टरमा ढाल्नको लागि लामो समयसम्म तालिम लिदैछिन् । उनी कम्तीमा ४ महिना तालिम लिने छिन् । फिल्मलाई अमोल गुप्तेले निर्देशन गर्ने छन् ।
हालै परिणीतिले ब्याडमिन्टनसँगको फोटो सार्वजनिक गरेकी छन् । यो फिल्म बाहेक परिणीति ‘जबरिया जोडी’मा सिद्धार्थ मल्होत्राको आपोजिट देखिदैछिन । त्यसैगरी अर्जुन कपूरसँग ‘सन्दिप र पिंकी फरार’ फिल्म अभिनय गर्दैछिन् । उनी अभिनित पछिल्लो फिल्म केशरी सफल भयो ।