विवादमा फस्यो कंगनाको ‘मेन्टल हे क्या’
एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतको पछिल्लो समय रिलिज भएको फिल्म ‘मणिकर्णिका’ सुटिङको समय देखिनै विवादमा फस्दै आएको थियो । कंगनाको अपकमिङ फिल्म ‘मेन्टल हे क्या’ पनि विवादमा फसेको छ ।
राजकुमार राव र कंगना रनावत स्टारर ‘मेन्टल हे क्या’ फिल्मको केहि समय अगाडि पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरले धेरैको ध्यान खिचेको छ । पोस्टर रिलिज भएपछि मेन्टल हेल्थ एक्सपर्टसले पोस्टर र फिल्मको नाम प्रति आपत्ति जनाएको छ । मेन्टल हेल्थ एक्सपर्टसको अनुसार फिल्मको नामले दिमागी बिमारीलाई कलंकित गरेको पोस्टरबाट साबित भएको छ । भारतिय मिडियाअनुसार, इन्डियन साइकिएट्रिक सोसायटी (आईपीएस)ले सेन्सर बोर्ड, सुचना एवम् प्रसारण मन्त्रालय पत्र काटेको छ । जसमा फिल्मको नाम परिर्वतन माग गरिएको छ ।
आईपीएसका अनुसार, यो फिल्मको नामले मानसिक रोगीको अपमान भएको छ । मानसिक रोगबाट पिडित व्यक्तिलाई भेदभाव गर्दै कलंकित गरेको छ । आईपीएसले सेन्सर बोर्डलाई चिठी लेख्दै मानसिक रोगीको मजाक नउडाउन आग्रह गरेको छ ।