‘दर्शकलाई फिल्म मन परेन भने चल्दैन’ : आलिया
करण जोहरको मल्टिस्टारर फिल्म ‘कलंक’ बुधबार बाट प्रर्दशन भयो । रिलिज पुर्व कलंकको चर्चा निकै थियो । त्यसैले मल्टीस्टारर फिल्मले प्रदर्शनको पहिलो दिन २१ करोड ६० लाखको व्यापार गर्यो ।
तर दोश्रो दिनदेखि कलंकको व्यापार खस्कंदो छ । फिल्मको समिक्षा खराब आइरहेको छ । फिल्मकी अभिनेत्री आलिया भट्टले यसको समिक्षा नगर्ने बताउँदै बोलेकी छन्, ‘जनताको अदालत सबै ठूलो अदालत हो । यदि दर्शकलाई फिल्म मन परेन भने त्यो फिल्म चल्दैन । यसलाई हामीले स्विकार गरेर अगाडि बढ्नुपर्छ । यसलाई सकारात्मक रुपमा लिदै अर्का फिल्ममा दर्शकलाई निराश नबनाउने कोशिश गर्नुपर्छ ।’
फिल्मले बुधबार भारु.२१.६० करोड, बिहिबार ११.४५ करोड, शुक्रबार ११.६० करोड, शनिबार ९.७५ करोड, आइतबार, ११.६३ करोड कलेक्सन गर्दै भारु. ६६ करोड ३ लाख जम्मा गरेको छ । फिल्ममा अलियासँगै वरुण धवण्न, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, सञ्जय दत्त, माधुरी दिक्षितको मुख्य भुमिका रहेको छ । महंगो बजेटमा बनेको कलंकले लगानी सुरक्षित नगर्ने आँकलन हुँदैछ ।