अक्षय बने मोदीको अन्तर्वार्ता लिने पहिलो सेलिब्रेटी
एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरर्वार्ता लिएका छन् । अक्षय पीएमको अन्तर्वार्ता लिने पहिलो सेलिब्रेटी हुन् । उनले पीएमसँग गैर राजनीतिक कुराकानी गरेका छन् । मोदीले अन्तर्वार्तामा खुलेर कुरा राखेका छन् । साथै अक्षयले पनि आफ्नो जिवनसँग जोडिएको कुरा सेयर गरेका छन् ।
अन्तर्वार्ताको क्रममा मोदीले पीएम बन्ने सोच नभएको बताए । उनले भने, ‘म बच्चा देखिनै किताब पढ्न रुचाउने व्यक्ति हुँ । महान व्यक्तित्वहरुको जीवनी पढ्थे । मलाई फौजीको जीवनले निकै प्रभावित भएको थिए । फौजी बन्ने इच्छा पनि थियो । म निकै भड्किए । सहि बाटो देखाउने व्यक्ति पनि कोहि थिएनन् । बाटो भड्किएरै पीएम बने ।’
साथै अक्षयले पनि आफु हिरो बन्ने इच्छा नभएको कुरा सेयर गरे । उनी मार्सल आर्ट टीचर बन्न चाहन्थे । अक्षयसँग मार्सल आर्टको ब्ल्याक बेल्ट छ । खेलाडी अक्षय आफ्नो हरेक फिल्मको एक्सनमा मार्शल आर्टको प्रयोग गरेका हुन्छन् ।
अन्तर्वार्तामा पीएम मोदी र अक्षय कुमारले चुटकिला सुनाउदै रमाइलो समेत गरे । यो अन्तर्वार्तालाई कति दर्शकले मन पराएका छन् भने कतिले सेलिब्रटीको पैसा कमाउने उपाय भन्दै मजाक उडाएका छन् ।