‘कुली नम्बर १’ को रिमेकमा वरुण र साराको जोडी
वरुण धवनको जन्मदिनको अवसर पारेर ‘कुली नम्बर १’ को रिमेक बन्ने औपचारिक घोषणा गरिएको छ । २५ वर्ष अगाडी बनेको फिल्मको रिमेकमा वरुणसँग सारा अली खानको जोडी बाधिने भएको छ । कुली नम्बर १ मा गोविन्दा अहुजा र करिश्मा कपूरको मुख्य भुमिका रहेको थियो ।
यो फिल्ममा अलिया भट्ट हुने सम्भावना रहेको अनुमान गरिएको थियो । केहि समय अगाडी एक अन्तर्वार्तामा वरुणले अलियासँग जोडि सुहाएपनि सबै फिल्ममा काम नगर्ने बताएका थिए । यो फिल्मको औपचारिक घोषणा गरिएको तरण आदर्शले टुविटर मार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘२५ वर्ष पछि डेविड धवन र बासु भगनानी कुली नम्बर १ को रिमेकको लागि एक साथ काम गर्दैछन् । फिल्ममा वरुण धवन र सारा अली खानको मुख्य भुमिका रहने छ ।’
यो फिल्म मार्फत वरुण आफनो पितासँग दोस्रो पटक काम गर्दैछन् । वरुणले ‘जुडुवा २’मा डेविडको निर्देशनमा काम गरेका थिए । फिल्मको सुटिङ अगस्तबाट सुरु गरिने छ ।