विवादपछि महेश भट्टको जबाफ, ‘कंगना बच्चै छिन्’
एजेन्सी– बलिउड अभिनेत्री कगंना रनावतले बारम्बार भट्ट परिवारलाई निशाना बनाई बयान दिई रहेकी छन् । त्यसैगरी उनकी बहिनी रंगोली चन्देलले फिल्मकर्मी महेश भट्टको विरुद्ध सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेकी थिइन् ।
रंगोलीले कंगनालाई महेश भट्टले चप्पलले हानेको खुलाएकी थिइन् । हालै यस विषयमा महेश भट्टलाई प्रश्न गरियो । तर उनले कंगना बच्चा भएको भन्दै कुरा टारेका छन् । उनले भने, ‘कंगना अहिले बच्चै छिन् । कंगनाले बलिउडमा अभिनेत्रीको रुपमा हाम्रो प्रोडक्शनबाट सुरु गरेकी हुन् । उनको नातेदारले आवाज उठाए भन्दैमा उनको विरुद्धमा टिप्पणी गर्दिंन ।’
उनले थप्दै भने, ‘हाम्रो संस्कार बच्चा माथि औंला उठाउने अनुमति दिदैन । बच्चाको विरुद्ध बोल्नु राम्रो होइन । मलाई मेरो संस्कार यस्तो गर्नबाट रोक्छ ।’