अमिताभको सुखद स्वास्थ्यको कामना गर्दै शुभचिन्तक
एजेन्सी– बलिउडका महानायक अमिताभ बच्चनको फ्यान फलोइङ्ग निकै लोभलाग्दो छ । दर्शकहरु उनको पहिलो झलक पाउन बिहानै उनको घर ‘जलसा’को बाहिर आउँछन् । अमिताभ पनि दर्शकको मायालाई सम्मान दिन्छन् ।
उनी हरेक आइतबार घर बाहिर आएर दर्शकसँग भेटघाट गर्छनन् । उनले यो आइतबार स्वास्थ्य स्थिति खराब भएर दर्शकसँग भेटन सक्दिन भनेर ट्विट गरेका थिए । उनको स्वास्थ्य स्थिति कमजोर भएको खबर सुनेपछि शुभ चिन्तकहरु भगवानसँग प्रार्थना गर्न थालेका छन् । अहिले बच्चनको स्वास्थ्यमा सुधार आएको भारतिय मिडियामा उल्लेख गरिएको छ ।
मानिसहरुले उनको स्वास्थ्यलाई गम्भिरताका साथ लिएका छन् । बच्चनको स्वास्थ्यमा सामान्य समस्या देखिए पनि दर्शकले यसलाई ठूलो कुराको रुपमा लिए । अमिताभ बच्चनले दर्शकको माया र प्रार्थना प्रति आभार व्यक्त गरेका छन् । उनले टुविटरमा लेखेका छन्, ‘आइतबार दर्शकलाई भेटन नपाउँने खबर यति ठूलो हुन्छ भनेर मलाई थाहा थिएन । तपाईहरु सबैलाई मेरो आदर, स्नेह र सम्मान ।’अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति’ छिट्टै सुरु हुँदैछ । उनी आलिया भट्ट र रणबीर कपूरसँग ‘ब्रह्मास्त्र’ फिल्ममा पनि देखिदैछन् ।
मानिसहरुले उनको स्वास्थ्यलाई गम्भिरताका साथ लिएका छन् । बच्चनको स्वास्थ्यमा सामान्य समस्या देखिए पनि दर्शकले यसलाई ठूलो कुराको रुपमा लिए । अमिताभ बच्चनले दर्शकको माया र प्रार्थना प्रति आभार व्यक्त गरेका छन् । उनले टुविटरमा लेखेका छन्, ‘आइतबार दर्शकलाई भेटन नपाउँने खबर यति ठूलो हुन्छ भनेर मलाई थाहा थिएन । तपाईहरु सबैलाई मेरो आदर, स्नेह र सम्मान ।’
अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति’ छिट्टै सुरु हुँदैछ । उनी आलिया भट्ट र रणबीर कपूरसँग ‘ब्रह्मास्त्र’ फिल्ममा पनि देखिदैछन् ।