प्रियंकाको फोटो फेरी भाइरल, भइन् ट्रोलको शिकार
बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको पति निक जोनस ‘मेट गाला २०१९’मा सहभागी भए । उक्त समारोहको प्रियंकाको फोटो भाइरलको साथै ट्रोलको शिकार भएकी छन् ।
प्रियंका कैप थिममा देखिएकी थिइन । उनले सिलवर गाउन लगाएकी थिइन भने निक सेतो कोट पाइन्टमा पुगेका थिए । डिजाइनरले उनको लुकलाई नयाँ एक्सपेरिमेन्ट भनेका छन् भने दर्शकले उनको लुक्सको मजाक उडाएका छन् । मेट गाला विश्वकै ठूलो फेसन इभेन्टको रुपमा लिइन्छ । यस इभेन्टमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि उपस्थित भएकी थिइन । उनले पिंक गाउन लगाएकी थिइन । अमेरिकाको न्युर्याेकमा भएको इभेन्टमा दुई बलिउड अभिनेत्री छाएका थिए ।