‘बाबाको लागि १ वर्ष निकै मुश्किल थियो’ : रणबीर कपूर
एजेन्सी– बलिउड नायक ऋषि कपूर करिब एक वर्ष देखि न्युर्योकमा क्यानसरको उपचार गराइरहेका छन् । अहिले उनी क्यान्सर मुक्त भइसकेका छन् । तर उपचार प्रक्रिया भने पुरा भएको छैन । ऋषि पुरै क्यान्सर मुक्त हुनको लागि अझै २ महिना उपचार गर्नु पर्नेछ ।
बिमारीको क्रममा ऋषिको पत्नी नीतु कपूर साथमा थिइन् । ऋषिले जति समय अस्पतालमा बिताए त्यति नै समय नीतुले पनि बिताइन् । छोरा रणबीर र छोरी रिद्धिमा पनि बेला बेलामा बाबुको स्वास्थ्य स्थिति बुझ्नको लागि न्युर्योक पुग्ने गर्थे । हालै रणबीर कपूरले ऋषिको लागि १ वर्ष कस्तो समय थियो भने भारतिय मिडियासँग कुराकानी गरेका छन् । उनले भने, ‘उहाँको लागि पछिल्लो एक वर्ष निकै मुश्किल थियो । उहाँले आफनो पुरै समय फिल्ममा मात्र खर्च गर्नु हुन्थ्यो । तर एक वर्ष आराम गर्न पर्नु झड्का जस्तै थियो । तर उहाँले हिम्मत हार्नु भएन । स्वास्थ्यमा निकै सुधार आएको छ ।’
ऋषिले कपूरले आफ्नो शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले भने, ‘मेरो साथ नीतु चट्टान जसरी बसिन् । उनले म जस्तो खान पिनमा हेलचर्काइ गर्ने मान्छेको खान पिनमा ध्यान दिइन् । मेरो बच्चा रणबीर र रिद्धिमाले पनि निकै समस्या झेलेका छन् । मेरो सु–स्वास्थ्यको कामना गर्ने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छु ।’