‘स्टुडेन्ट अफ दि ईयर २’को कमजोर ओपनिंग
एजेन्सी– बलिउड फिल्म ‘स्टुडेन्ट अफ दि ईयर’को दोस्रो सिरिज गत शुक्रबार देखि प्रर्दशन भइरहेको छ । यो हिट फिल्मको सिरिजले दर्शकको राम्रो साथ पाउन सकिरहेको छैन । फिल्मको व्यापार दिनप्रति दिन खस्किंदो क्रममा छ ।
भारतिय ट्रेण्ड एनालिस्ट तरण आर्दशको अनुसार, फिल्मले भारु. १२ करोड ६ लाखमा ओपनिङ्ग गरेको छ । दोस्रो दिन शनिबार भारु. १४ करोड २ लाख कलेक्सन गरेको छ भने तेस्रो दिन आइतबार भारु. १२ करोड ७५ लाख जम्मा गरेको छ । टाइगर श्राफ स्टारर फिल्मले राम्रो प्रर्दशन गर्ने फिल्मकर्मी अनुमान थियो । तर सार्वजनिक विदाको दिनमा पनि व्यापार घटेको छ । फिल्मले पहिलो विकेन्डमा भारु. ३८ करोड ८३ लाख जम्मा गरेको छ ।
यो फिल्मले मल्टिप्लेक्समा राम्रो प्रर्दशन गरे पनि सिंगल स्क्रिनमा कमजोर प्रर्दशन गरेको छ । यो फिल्मको राइट्स मंहगो रकममा बिकेको छ । जसले फिल्मलाई राहत दिने काम गरेको छ । पुनीत पाण्डेले निर्देशन गरेको फिल्ममा टाइगर श्राफ, अनन्या पाण्डे, तारा सुतारियाको मुख्य भुमिका रहेको छ । फिल्मलाई दर्शकले पनि मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।