‘माइकल ज्याक्सनको बायोपिक गर्न चाहन्छु’: टाइगर
एजेन्सी– बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा एक्सन हिरोको साथै डान्सिङ्ग स्टार भनेर चिन्छिन् । उनको डान्स हेर्दा बच्चा देखिनै डान्स गर्थे जस्तो देखिन्छ । तर उनले डान्स गर्न थालेको ६ वर्ष मात्र भएको छ ।
टाइगर माइकल ज्याक्सनको जस्तै डान्स गर्न चाहन्थे । उनी ऋितिक रोशनको डान्सको पनि फ्यान हुन् । उनले भने, ‘म आज जहाँ छु त्यो माइकल ज्याक्सनको कारणले छु । उहाँ मेरो प्रेरणाको स्रोत हो । मैंले पहिलो फिल्म ‘हीरोपन्ती’ साइन गर्नु भन्दा एक वर्ष अगाडी डान्स सिक्न सुरु गरेको थिएँ । मैंले डान्स गर्न थालेको ६ वर्ष मात्र भयो । मैंले डान्स गर्नको लागि निकै मिहेनत गरेको छु । म पुरै दिन डान्स गर्दै बस्थे ।’
बलिउडमा अहिले बायोपिकको लहर चलेको छ । टाइगरले पनि माइकल ज्याक्सनको बायोपिक गर्ने इच्छा भएको बताए । उनले भने, ‘अहिले धेरै व्यक्तिको बायोपिक बनिरहेको छ । मलाई पनि माइकल ज्याक्सनको बायोपिक गर्ने मन छ । आज माइकल ज्याकसनलाई हरेक देश, हरेक गल्ली र हरेक बच्चाले चिन्छन् । उहाँले डान्सलाई निकै उचाईमा पुर्याउनु भएको छ । म पनि यस्तै उचाई चाहन्छु । एक दिन त्यो उचाई सम्म पुग्छु भन्ने आशा छ ।’