ऐश्वर्या कान्समा १८ औँ पटक, फेरी चल्यो जादु
एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ‘कान्स फिल्म फेस्टिभल’मा १८ औँ पटक रेड कार्पेटमा प्रस्तुत भईसकेकी छिन् ।
ऐश्वर्या हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने गर्छिन् । उनले यो पटक पनि धेरैको ध्यान खिचेकी छिन् । उनी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगेकी थिइन् । ऐश्वर्या ७२ औं कान्स फिल्म फेस्टिभलमा गोल्डन मर्मेड लुक्समा देखिइन । उनलाई जलपरी जस्तै देखिएको थियो । त्यस्तै उनी छोरी आराध्याले पहेलो रंगको कपडा लगाएकी थिइन् ।
ऐश्वर्याले जलपरी बनेर मात्र दर्शकको दिल जितेकी छैनन् । उनी सेतो गाउन लगाएर पनि रेर्ड कार्पेटमा सहभागी भएकी थिइन् । उनलाई यो लुक्समा राजकुमारी जस्तै देखिएको छ । रेर्ड कार्पेट सहित कान्समा सहभागी भएको केहि फोटो बाहिरिएको छ । उनको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी फेरी कान्समा आफ्नो छाप छोड्न सफल भएकी छिन् ।
१४ मे बाट सुरु भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बलिउडबाट ऐश्वर्यासँगै प्रियंका चोपडा, कंगना रनावत, दीपिका पादुकोण, सोनम कपूर सहभागी भएका छन् ।