हेमा मालिनीले जित्दा लोकसभा चुनावमा क-कसले हारे ?
एजेन्सी– भारतको लोकसभा चुनावमा धेरै कलाकारले उम्मेरद्वारी दिएका थिए । केही कलाकारले चुनावमा विजयी हाँसिल गरे भने धेरैले चुनाव हारे । यो वर्ष लोकसभा चुनावमा हेमा मालिनी, सनी देओल, उर्मिला, जया प्रदा, राज बब्बर लगायत कलाकारले उम्मेद्धार भएका थिए । पढौं कसले जिते कसले हारे ?
१. हेमा मालिनी
हेमाले युपीको मथुरा लोकसभा सीटबाट चुनाव लडेकी थिइन् । हेमाले मथुराबाट दोस्रो पटक जित हासिल गरेकी छिन् । जितसँगै उनले विजयी उत्सव मनाएकी छन् ।
२. सनी देओल
सनी पहिलो पटक चुनावमा लडेका थिए । उनले पञ्जाबको गुरदासपुर लोकसभा सीटबाट बीजेपीको टिकट लिएका थिए । उनले पहिलो पटकनै सानदार जित हासिल गरेका छन् । उनले पनि आफ्नो जितको उत्सव मनाएका छन् ।
३. जया प्रदा
जयाले रामपुरबाट बीजेपीकी उम्मेद्धारी लिएकी हुन् । उनी समाजवादी पार्टीका उम्मेद्धार आजम खानसँग लेडेकी थिइन् । तर जित हासिल गर्न सकिनन् ।
४. दिनेश लाल यादव निरहुआ
भोजपुरी सुपरस्टार दिनेशले उत्तर प्रदेशको आमगढ लोकसभा सीटबाट बीजेपीको उम्मेद्धारी लिएका थिए । उनी पहिलो पटक चुनावमा लडेका हुन् । तर उनी चुनावमा हारेका छन् ।
५. पूनम सिन्हा
शत्रुघ्न सिन्हाको पत्नी पुनमले लखनऊ लोकसभा सीटबाट गृहमन्त्री राजनाथ सिंहसँग लडेकी थिइन । पुनम राजनाथ सिंहसँग चुनावमा हारेकी छन् ।
६. किरन खेर
बलिउड अभिनेत्री किरन खेरले चन्डीगढ लोकसभा सीटबाट बीजेपीको उम्मेद्धारी लिएकी थिइन् । उनले लोकसभामा दोश्रो पटक सफलता हाँसिल गरेकी छन् । उनले सन् २०१४ मा पनि लोकसभा चुनाव जितेकी थिइन् ।
७. प्रकाश राज
बलिउड तथा साउथ फिल्मका कलाकार प्रकाश राजले कर्नाटककी बेंगलुरु सेन्ट्रल लोकसभाबाट निर्दलीय चुनावमा लडेका थिए । उनी यो चुनावमा हारेका छन् ।
८. राज बब्बर
राजले फतेहपुर सीकरीबाट कांग्रेसको उम्मेद्धारी लिएका थिए । उनले चुनाव हारेका छन् ।