भारतको प्रधानमन्त्री बन्न चाहन्छिन् प्रियंका
एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडाले भविष्यमा राजनीतिक क्षेत्रमा जोडिने बताउदै भारतीय प्रधानमन्त्री हुन इच्छा व्यक्त गरेकी छन् ।
एक अन्तरर्वार्तामा प्रियंकाले आफू भारतको प्रधानमन्त्रीको दौडमा सहभागी हुने बताएकी हुन् । साथै उनले अमेरिकन गायक निक जोनस राष्ट्रपतिको चुनावमा लड्दा उपयुक्त हुने बताइन् । उनले भनिन्, ‘म भारतको प्रधानमन्त्रीको दौडमा सहभागी हुन चाहन्छु । निक पनि अमेरिकाको राष्ट्रपतिको चुनाव लड्योस् भन्ने चाहन्छु । मलाई अहिलेको राजनीतिक स्थिति मन पर्दैन । तर हामी दुवै परिवर्तन चाहन्छौ, त्यसैले कहिले पनि राजनीतिमा नआउने भन्दैनौं ।’
प्रियंका बलिउड हलिउडका साथै स्वास्थ्य, शिक्षा र महिला अधिकार जस्ता सामाजिक कार्यमा सक्रिय छिन् ।