अमिताभ बच्चनले तिरे बिहारका २१ सय किसानको ऋण
एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनले करिब दुई हजार एक सय किसानको ऋण चुक्ता गरिदिएका छन् । बच्चनले गरिब किसानहरुलाई सहयोग गर्दै आएका छन् ।
उनले आफ्नो ब्लगबाट सहयोग गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘जुन बचन दिएको थिए त्यो पुरा गरेको छु । बिहारको किसान ऋणमा फेसेका थिए । जसमध्ये २१ सय किसानको ऋण तिरेको छु । ऋणको रकम वान् टाइम सेटलमेन्टको माध्यमबाट तिरिएको छ । केहि व्यक्तिहरुलाई बोलाएर श्वेता र अभिषेकको हातबाट हस्तान्तरण गरिएको छ ।’
उनले ऋण तिर्न नसकेका किसानहरुको छनोट गरि ऋण तिरेका हुन् । अमिताभले गत वर्ष उत्तर प्रदेशका एक हजार भन्दा बढि किसानको ऋण चुक्ता गरेका थिए । उनले अझै आफुले गरेको बचन पुरा नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अझै एउटा बचन पुरा गर्न बाँकी छ । पुलवामा आक्रमणमा परेका देशको लागि ज्यान दिने बहादुर व्यक्तिको परिवारलाई आर्थिक सहयोग गर्नु छ ।’
अमिताभ बच्चन ‘ब्रह्मास्त्र’को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अमिताभसँगै रणबीर कपूर र आलिया भट्टको पनि मुख्य भुमिका रहेको छ ।