दीपिकाले ‘८३’को लागि लिइन् १४ करोड
एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण ‘८३’ फिल्मको लागि लण्डन पुगेकी छिन् । यो फिल्ममा रणवीर सिंहको मुख्य भुमिका रहेको छ । यो फिल्म मार्फत दीपिका र रणवीर चौथो पटक स्क्रिन सेयर गर्दैछन् ।
फिल्ममा रणवीर पूर्व भारतिय क्रिकेट कप्तान कपिल देवको भुमिका निभाउदै छिन् । दीपिका उनको पत्नी रोमी भाटियाको भुमिकामा देखिदैछिन । यो फिल्ममा दीपिकाको दमदार भुमिका छैन । तर पनि उनले १४ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । उनले १४ करोड पारिश्रमिक लिएसँगै भारतिय मिडिया तातेको छ । नायिकाको लागि यो महंगो पारिश्रमिक हो । भारतिय मिडिया अनुसार, दीपिकाले पहिला फिल्मको खेल्न अस्विकार गरेकी थिइन् । १४ करोड पारिश्रमिक पाएपछि फिल्म खेल्न तयार भएकी हुन् ।
यो फिल्मको लागि रणवीरले क्रिकेटको ट्रेनिङ लिएका छन् । सन् १९८३ मा भारतिय क्रिकेट टिमले पहिलो पटक वल्र्ड कप जितेका थिए । फिल्ममा भारतिय टिमको संर्घषलाई देखिइने छ ।