सलमान खानको ‘भारत’ दुई सय करोड क्लबमा
बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ दुई सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मले भारु. ४२ करोड ३० लाखको बम्पर ओपनिङ्ग गरेको थियो ।
यो फिल्म चौथो दिनमै सय करोड क्लबमा प्रवेश गर्दा छिट्टै समयमै दुई सय करोड कलेक्सन गर्ने अनुमान लगाइएको थियो । तर निकै मुश्किलले दुई सय करोड कलेक्सन गरेको छ । फिल्म रिलिज भएको १५ औं दिनमा दुई सय करोड क्लबमा प्रवेश गरेको हो । यो फिल्मले पहिलो हप्तामा भारु. १८० करोड ५ लाख कलेक्सन गरेको छ भने दोस्रो हप्ता २१ करोड ८१ लाख कलेक्सन गरेको छ । यो फिल्मले भारु. २०१ करोड ८६ लाख ग्रस कलेक्सन गरेको छ । भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले टुविटर मार्फत फिल्मले दुई सय करोड क्लबमा सामेल भएको जानकारी दिएका छन् ।
‘भारत’ले विश्वभरबाट ३०० करोड ६७ लाख जम्मा गरेको छ । यो फिल्मलाई दर्शक र समिक्षक मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, कैटरिना कैफ, सुनिल ग्रोबर, दिशा पाटनी, तब्बू, ज्याकी श्राफको अभिनय रहेको छ ।