‘तलास’पछि ‘लालसिंह चड्डा’मा आमिर र करिनाको जोडी
एजेन्सी– बलिउड अभिनेता आमिर खान र करिना कपुर खानले पुनः एकपटक स्क्रिन सेयर गर्ने भएका छन् । फिल्म ‘लालसिंह चड्डा’ मा आमिर र करिना एक साथ देखिदैछन् । यो फिल्मको औपचारिक घोषणा तरण आदर्शले टुविटर मार्फत आधिकारीक घोषणा गरेका हुन् ।
आमिर र करिनाले यसअघि फिल्म ‘३ इडियट्स’ र ‘तलाश’मा सँगै काम गरेका थिए । उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यो जोडी पर्दामा फर्कने खबरले बलिउड तातेको छ । अहिले आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि कुनै फिल्ममा देखिएका छैनन ।
करिनाले पनि राम्रो फिल्मको अफर नआएको बताउँदै आएकी छिन् । आमा बनेपछि करिनाले विरे दि वेडिंगमा मुख्य भूमिका निभाइन्, जुन फिल्म सफल पनि भयो । यो फिल्म आमिर र करिनाकै लागि महत्वपुर्ण रहेको छ । यो फिल्मको निर्देशन अद्वैत चन्दन गर्दैछन् ।
यो फिल्मलाई वायकोम स्टूडियोज र आमिर खानको प्रोडक्सनले निर्माण गर्दैछ भने फिल्मको स्क्रिप्ट अतुल कुदकर्णीले तयार पारेका हुन् । फिल्म यसै वर्षको अन्त्यमा फ्लोरमा जाने फिल्म आगामी २०२० को क्रिसमसमा रिलिज हुनेछ ।