रोयल्टी धेरै पाउनेमा अञ्जु पन्त पहिलो
गायिका अञ्जु पन्तले सर्वाधिक रोयल्टी रकम पाएकी छिन् । प्रस्तोता समाज नेपालले मंगलबार वितरण गरेको पाँच महिनाको एनसेल पिआरविटी रोयल्टीमा अञ्जुले दुई लाख ४८ हजार ६ सय ७ रुपैयाँ पाएकी हुन् । अञ्जुपछि गायक प्रमोद खरेलले सर्वाधिक रोयल्टी पाए ।
प्रमोदले एक लाख ८१ हजार रोयल्टी रकम पाए । यस्तै गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाले तेश्रो सर्वाधिक रोयल्टी रकम ८९ हजार एक हजार पाए । ¬उनीहरुसँगै मेलिना राई, कमल खत्री, भरत सिटौला, मञ्जु पौडेल, देवि घर्तीमगर, दिपाश्री निरौला लगायतले पन्ध्र, दश र पाँच हजारको क्रममा रोयल्टी रकम पाए । यस प्रकारको कार्यको कार्यक्रममा सबैले प्रशंसा गर्दै निरञ्तरता दिनु पर्ने बताए ।