कंगना र पत्रकारको विवाद चर्किदै, फिल्मलाई मिडिया कभरेज नहुने
एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावतको एक कार्यक्रममा पत्रकारसँग निकै चर्का चर्की परेको थियो । अब, यो घटनाले ठूलो रुप लिएको छ । गिल्ड अफ इन्डियाले कंगनाको फिल्म ‘जजमेन्टल हे क्या’लाई मिडिया कभरेज नदिने निर्णय गरेको छ ।
एन्टरटेनमेन्ट जर्नालिस्ट गिल्ड अफ इन्डिया नामक संस्थाले फिल्मको निर्मात्री एकता कपूरलाई एक पत्र लेखेको छ । जसमा फिल्मलाई मिडिया कभरेज नदिने कुरा उल्लेख गरिएको छ । यसको साथै गिल्डले उक्त पत्रकारसँग सार्वजनिक रुपमा माफि माग्नको लागि आग्रह गरेको छ । उक्त पत्रमा लेखिएको छ, ‘तपाईहरुको टीमले एक अध्यारो कोठामा आयोजना गरेको कार्यक्रमलाई आएर कभर गर्न आग्रह गर्नु भएको थियो । यस कार्यक्रमा कंगना रनावत र राजकुमार राव उपस्थित थिए । जहाँ एक पत्रकार माथि कंगनाले आक्रोश पोख्नि । उनको प्रश्न पुरा समेत भएको थिएन । तपाई यस कार्यक्रममा सहभागी हुनु हुन्थ्यो भने यस घटनाको बारेमा जानकारी छ होला । हामी यस घटनाको बारेमा एक लिखित स्टेटमेन्ट र कंगनाबाट सार्वजनिक रुपमा माफि चाहन्छौं ।’
कंगना रनावतले ‘जजमेन्टल हे क्या’को गीत सार्वजनिक कार्यक्रममा ‘मर्णिकर्णिका’ फिल्मको नकारात्मक समिक्षा गरेको भन्दै आफ्नो विरोध गरेको भनेकी थिइन् । पत्रकारले सहि कुरा लेख्दा कसैको विरोध नहुने बताएका थिए ।