find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्लिज मलाई ब्यान्ड गरिदिनु’ : कंगना रनावत

अभिनेत्री कंगना रनावत र रंगपत्रकार बिच ‘जजमेन्टल हे क्या’को गीत सार्वजनिक कार्यक्रममा चर्का चर्की परेको थियो । यस विवादलाई लिएर एन्टरटेनमेन्ट जर्नालिस्ट गिल्ड अफ इन्डियाले निर्माता एकता कपूरलाई एक पत्र लेख्दै कंगनाको फिल्मलाई बहिष्कार गर्ने धम्किका साथ माफी माग्न आग्रह गरेका थिए ।

जजमेन्टल निर्माण टिमको तर्फबाट एकताले माफी मागिसकेकी छन् । तर कंगनाले आफुलाई बहिष्कार गर्न आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेकी छिन् । उनले भिडियोमा भनिन, ‘नमस्कार, म आज भारतिय मिडियाको बारेमा केहि कुरा गर्न चाहन्छु । तर हरेक ठाउँमा असल व्यक्तिको साथै नराम्रो व्यक्ति पनि हुन्छन । मलाई कुनै मिडियाले प्रोत्साहित गरेको छ । उनीहरुको सल्लाह सुझावले मंैले सफलता हाँसिल गरेको छु । मेरो सफलतामा मिडियाको पनि हात छ र त्यसको लागि म सधैं आभारी छु । तर केहि मिडियाले देशको गरिमा र अस्मिता माथि आँच पुराएका छन् । अहिलेको मिडिया अफवाह फैलाउन लागि परेका छन् । आफनो कूविचार र देशद्रोहिताको विचार खुलेआम सबैको सामु राख्छन् । यसको विरुद्धमा हाम्रो देशमा न कुनै संविधान छ न त सजाय छ । यो कुराले मलाई निकै दुखि तुल्याएको छ । यो ढोगी मिडियाले धार्मिक कुरालाई लिएर देशको एकतामा प्रहार गरेका छन् ।’

उनले भनिन, ‘मैंले यस्तै पत्रकार केहि दिन अगाडी प्रेस मिटमा पनि भेटेको थिए । मैले वातावरण दिवसमा प्लास्टिकको प्रयोग विरुद्ध काम गरेको थिए । उसले मेरो खिल्ली उडाएको थियो । मैले एक शहिदको फिल्म बनाए त्यो फिल्मको नामको पनि खिल्ली उडाएका थिए । सबैलाई तर्क वितर्क समिक्षा र विचार राख्ने हक छ । तर उसले निकै नराम्रो तरिकाले समिक्षा गरेको थियो । यस्तो पत्रकारहरु सित्तैमा खाना खानको लागि मात्र प्रेस मिटमा आउछँन् । तपाईहरुको आफुलाई कुन हकले पत्रकार भन्नु हुन्छ । तपाईले लेखेको ब्लग मलाई पठाउनु होस् ताकि म तपाईहरुलाई पत्रकार भन्न सकुँ ।’

उनले थप्दै भनिन्, ‘मैले त्यस पत्रकारलाई जवाफ दिन अस्विकार गरेको थिए । तीन चारजना मिलेर मेरो विरुद्ध गिल्स बनाएका छन । यस संस्थाको कुनै मान्यता छैन । उनीहरुले मलाई धम्काउन सुर गरेका छन् । फिल्मको ब्यान्ड गर्छौ । फिल्मलाई कभरेज दिदैनौं, मेरो करियर बर्बाद गर्दिन्छौ । यस्ता पत्रकारलाई किन्न लाखौं खर्च गर्न पर्दैन । ५०–६० रुपैयाँमै बिक्छन् । म तपाईहरुलाई हात जोडेर भन्छु प्लीज मलाई ब्यान्ड गर्नुस् । म चाहन्न कि मेरो कारण तपाईहरुको घरको चुलो बल्योस् । तपाईहरु मलाई यो भन्दा सहज केहि गर्न सक्नु हुन्न । मेरो फिल्म ‘मर्णिकर्णिकाङ्कले डेढ सय करोड कमाएको थियो त्यसमा मलाई गर्व छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha