शाहिदको ‘कबिर सिंह’ले ‘उरी’लाई उछिन्यो
एजेन्सी– शाहिद कपूरको ‘कबिर सिंह’ले सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएको छ । यो फिल्मले ‘उरी, भारत, केसरी, टोटल धमाल’ जस्तो फिल्मको रेकर्ड तोडेको छ ।
विक्की कौशालको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ले भारतिय बक्स अफिसमा लाइफ टाइम २४४ करोड ६ लाख जम्मा गरेको थियो । बलिउड फिल्ममा सर्वाधिक कलेक्सन गर्ने फिल्ममा विक्कीको फिल्म उरीको रेकर्ड थियो । यो फिल्मको रेकर्ड तोड्दै शाहिद कपूरको ‘कबिर सिंह’ अग्रह स्थानमा आएको हो ।
शाहिदको कबिर सिंहले २४६ करोड २८ लाख ग्रस कलेक्सन गरिसकेको छ । विक्की कौशालको उरीको कलेक्सन २४४ करोड ६ लाखमा गएर रोकिएको थियो । तर, शाहिदको कबिर सिंहले अझै राम्रो प्रर्दशन गरिरहेको छ । तेस्रो सातामै २४४ करोड २८ लाख कमाएको कबिर सिंहले ३०० करोड भन्दा बढि कमाउने अनुमान रहेको छ । सलमान खानको ‘भारत’ले २०९ करोड ३६ लाख ग्रस कलेक्सन गरेको थियो । शाहिदले सलमान खानको रेकर्ड मात्र तोडेका छैन । सर्वाधिक कलेक्सन गर्ने फिल्म उरीको समेत रेकर्ड तोडिएको छ ।
तेलेगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक फिल्म कबिर सिंहमा शाहिद कपूर र कियारा अडवाणीको मुख्य भुमिका रहेको छ । यो फिल्मलाई सन्दिप रेड्डीले निर्देशन गरेका हुन् ।