बक्स अफिसमा अगाडि बढ्दै ऋतिकको ‘सुपर ३०’
एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । यो फिल्मको कलेक्सन पहिलो दिनको भन्दा दोस्रो दिन बढेको छ ।
यो फिल्मले शुक्रबार भारु. ११ करोड ८३ लाखको ओपनिङ गरेको थियो । जुन अनुमान भन्दा कम थियो । तर, कन्टेन्ट बेस्ट फिल्मको यो कलेक्सन राम्रो मानिएको छ । फिल्मको दोस्रो दिन व्यापारमा सुधार आएको छ । यो फिल्मले दोस्रो दिन शनिबार १८ करोड १९ लाख कमाई गरेको छ । यो फिल्मले बक्स अफिसमा ३० करोड २ लाख जम्मा गरेको छ ।
यो फिल्म गणितिज्ञ आनन्द कुमारको जीवनको संघर्षमा आधारित रहेको छ । फिल्ममा उनको गरिबी, संघर्ष र कडा मिहेन्तबाट कठिन परिस्थितिमा पनि सफल भएको कथा देखाइएको छ । विकास बहलले निर्देशन गरेको फिल्ममा ऋतिक रोशन र मृणाल ठाकुरको मुख्य भुमिका रहेको छ ।