सय करोड क्लबको नजिक ऋतिकको ‘सुपर ३०’
एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन स्टारर फिल्म ‘सुपर ३०’ले दोस्रो हप्तामा पनि बक्स अफिसमा तहल्का मचाइरहेको छ । यो फिल्मले रिलिजको तेस्रो दिनमै ५० करोड ग्रस कलेक्शन गरेको थियो । दोस्रो हप्तामा फिल्म १०० करोड क्लब नजिक पुगेको छ । पटनाको गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्मलाई दर्शकले रुचाइरहेका छन् ।
भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले टुविटर मार्फत सुपर ३० को बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् । यो फिल्मले शुक्रबार ४ करोड ५१ लाख कमाइ गरेको थियो भने शनिबार ८ करोड ५३ लाख कलेक्शन गरेको छ । यो फिल्मले भारतिय बक्स अफिसमा ८८ करोड ९० लाख जम्मा गरेको छ ।
विकास बहलले निर्देशन गरेको फिल्ममा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साध लगायत कलाकारको अभिनय रहेको छ ।