आँखाले बलात्कार गरेको आरोप लगाएकी ईशा विरुद्ध मानहानीको केश
एजेन्सी– बलिउड अभिनेत्री ईशा गुप्ताको विरुद्ध दिल्लीको एक बिजनेसम्यानले मानहानीको केश दर्ता गरेका छन् । भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत होटल मालिकले दिल्लीको साकेट कोर्टमा मानहानीको केश दर्ता गराएका हुन् । अगस्ट २८ मा दुबै पक्षलाई बयानको लागि कोर्टमा बोलाइएको भारतिय मिडियामा उल्लेख गरिएको छ ।
उक्त होटल मालिकले ईशाले लगाएको आरोप गलत र अपमानजनक रहेको बताएका छन् । व्यक्तिहरुले उनको क्यारेक्टरलाई लिएर प्रश्न उठाएर उनले ईशाको विरुद्ध केश दर्ता गरेका हुन् । यसअघि ईशाको नयाँ फिल्म ‘वन डे अस्टिस डेलिभर’ प्रदर्शनमा आएको थियो । सोही अवसरमा उनी आफ्नो फिल्मको खुसियाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन् । ईशाले ६ जुलाईमा सामाजिक सञ्जाल मार्फत रोहित विज नामक होटल मालिकले आँखाले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
उनले टुविटरमा लेखेकी थिइन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन् आम युवतीहरुको झन् के हाल हुन्छ होला । रोहितलाई सजाय दिनैपर्छ । उनी जस्तो पुरुषले गर्दा महिलाहरु आफुलाई एकदम असुरक्षित महसुस गरिरहेका छन् । तिमी मलाई नराम्रो नजरले घुरिरहेका थियौ ।’