स्विमिङ सुटमा पञ्जा लगाँउदा प्रियंका ट्रोलको शिकार
बलिउड अभिनेत्री प्रियंका चोपडाले पति निक जोसनसँग रोमान्टिक मुडमा रहेको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । स्विमिङ सुटमा रहेकी प्रियंकाको फेसन सेन्सलाई लिएर ट्रोल बन्न थालेको छ ।
सार्वजनिक तस्बिरमा उनले पिंक स्विमिङ सुटसँगै पिंक कलरकै नेट पञ्जा लगाएकी छन् । जसको कारण अहिले उनी ट्रोलमा छाएकी छिन् । उनले इन्स्टाग्राममा शेयर गरेको तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले थुप्रै कमेन्ट गरेका छन् । एउटा प्रयोगकर्ताले लेखेका छन् ‘को स्विमिङ गर्दा पनि हातमा पञ्जा लगाँउछ ?’ त्यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन् ‘कोही मलाई सम्झाउन सक्छ, कि स्विमिङ सुटमा पञ्जा लगाउनु कहाँको फेशन हो ?’
केही दिन अगाडी प्रियंकाले आमा र पतिको अगाडी धुम्रपान गरेर पनि ट्रोलको शिकार भएकी थिइन् । उनले आफ्नो ३७ औं जन्मदिन मियामीमा पति निक जोनास र आमाको साथमा मनाएकी थिइन् । यो तस्बिर उनको मियामीको भ्याकेसनको हो ।