अक्षयको ‘मिशन मंगल’ र जोनको ‘बाल्टा हाउस’लाई तारिफ
एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’ भारतिय स्वतन्त्र दिवसको अवसर पारेर बिहिबार रिलिज गरिएको छ । यी दुवै फिल्म दर्शक र समिक्षकको दिल जित्न सफल भएको छ ।
यी दुई फिल्मलाई स्वतन्त्र दिवसको राम्रो उपहारको रुपमा लिईएको छ । दुवै सत्य घटनामा आधारित ऐतिहासिक फिल्म हो । मिशन मंगलमा मंगल ग्रहको यात्रालाई देखाइएको छ । भने, बाल्टा हाउसमा दिल्लीमा भएको बम ब्लास्टलाई देखाइएको छ । मिशन मंगलमा विद्या बालनले कामको तारिफ बटुल्न सफल भएकी छिन् । भने, बाल्टा हाउसलाई जोनको अहिले सम्मको राम्रो फिल्मको रुपमा लिइएको छ । दिल्लीमा भएको बम ब्लास्टलाई निखिल आडवाणीले न्यायका साथ पर्दामा उतार्न सफल भएको भारतिय मिडियामा उल्लेख गरिएको छ ।
अक्षय कुमारले वैज्ञानिक राकेश धवनको भुमिका सशक्त निभाएपनि फिल्ममा विद्याको कामको प्रशंसा बढि भएको छ । विद्याको हैसलाले फिल्मलाई बाधेर राखेको छ । यो फिल्ममा अन्तरिक्षको केहि दृश्य कमजोर रहेको छ । तर राकेश धवनको मिशन मंगलको यात्रालाई दर्शकले निकै रुचाएका छन् ।
जगन शक्तिले निर्देशन गरेको फिल्म मिशन मंगलमा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ । भने, निखिल अडवाणीले निर्देशन गरेको फिल्म बाल्टा हाउसमा जोन अब्राहम, मृणाल ठाकुर, राजेश शर्मा, मनिष चौधरी लगायत कलाकारको अभिनय रहेको छ ।