बक्स अफिसमा अक्षय आक्रमक, जोन सन्तोषजनक
एजेन्सी – १५ अगस्ट, बिहिवारदेखि अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’ प्रदर्शनमा आएको छ । अक्षय कुमारको मिशन मंगलले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ भने जोनको बाल्टा हाउसले सन्तोषजनक ओपनिङ गरेको छ ।
भारतिय ट्रेन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार, फिल्म ‘मिशन मंगल’ले भारु. २९ करोड १६ लाख र ‘बाल्टा हाउस’ले १४ करोड ५९ लाख कमाई गरेको छ । बलिउड फिल्मकर्मीले बाल्टा हाउसले २० करोड भन्दा माथि कमाउने अनुमान गरेका थिए । तर सोचे भन्दा कम क्लेक्सन गरेको छ । मिशन मंगल अक्षयको करियरकै सबै भन्दा ठूलो ओपनर बनेको छ ।
अक्षयको मिशन मंगलले जोनको बाल्टा हाउसलाई टक्कर दिएको छ । अक्षय र जोन बक्स अफिसमा टकराएको पहिलो पटक भने होइन । गत वर्ष स्वतन्त्रता दिवसकै अवसर पारेर रिलिज गरिएको अक्षयको ‘गोल्ड’ले २५ करोड २५ लाख कमाएको थियो भने जोनको ‘सत्यमे जयते’ले २० करोड ५२ लाख कलेक्सन गरेको थियो ।
जगन शक्तिले निर्देशन गरेको फिल्म मिशन मंगलमा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ । भने, निखिल अडवाणीले निर्देशन गरेको फिल्म बाल्टा हाउसमा जोन अब्राहम, मृणाल ठाकुर, राजेश शर्मा, मनिष चौधरी लगायत कलाकारको अभिनय रहेको छ ।