‘ड्रिम गर्ल’ बन्यो आयुष्मान खुरानाको ठूलो ओपनर
एजेन्सी– बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरिरहेको छ । यो फिल्मले दुई दिनमा भारु.२६ करोड ४७ लाख जम्मा गरेको छ ।
आयुष्मानले केटीको आवाज निकालेर कल सेन्टरबाट केटाहरुसँग कुरा गर्छन् । उनको अदाले दर्शकलाई निकै मनोरञ्जन दिइरहेको छ । फिल्मलाई दर्शक र समीक्षक दुवैको पक्षबाट सकारात्मक प्रतिक्रिया आएको छ । यो फिल्म आयुष्मानको सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । ड्रिम गर्लले १० करोड ५ लाखको ओपनिंग गरेको छ भने ‘बधाई हो’ले ७ करोड ३५ लाख, ‘आर्टिकल १५’ले ५ करोड २ लाख, ‘शुभ मंगल’ले २ करोड ७० लाख, ‘अन्धाधुन’ले २ करोड ७० लाखमा ओपनिंग गरेको थियो । यो फिल्मले दोस्रो दिन १६ करोड ४२ लाख कलेक्सन गरेको छ ।
समीक्षक तरण आदर्शले टुविट गर्दै लेखेका छन्, ‘ड्रिम गर्लको कमाई दोस्रो दिन ६३.३८ प्रतिशतको उछाल आयो ।’ राज शान्दिल्याले निर्देशन गरेको फिल्ममा आयुष्मानसँगै नुसरत भरुचा, विजय राज, अनु कपूर लगायत कलाकारको अभिनय रहेको छ ।