find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रातो घर’ हेरेपछि केपी ओलीले भने, ‘रमाइलो छ’

भने, ‘दुक्की खोइ’

पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनरत फिल्म ‘रातो घर’ हेरेका छन् । बिहिबार कमलपोखरीस्थित बिग मुभिजमा सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘रातो घर’ हेरेपछि पुर्व प्रधानमन्त्री ओलीले फिल्म ‘रमाइलो’ रहेको प्रतिक्रिया दिए ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यसमा दुईटा कुरा देखिन्छ । नराम्रो काममा लाग्यो भने त्यसको परिणामा नराम्रो हुन्छ भने नराम्रो काममा लागेका युवाको भावना पनि निकै राम्रो हुन्छ भन्ने देखाएको छ । रातो घर रमाइलो छ ।’ फिल्ममा ‘झकमले’ को भूमिकामा प्रस्तुत भएका कलाकार विल्सन विक्रम राई, ‘दुक्की’ को भूमिकामा प्रस्तुत भएका संयम पुरी र ‘झापाली’ अनुरागमानसिंह कुँवरको अभिनय राम्रो लागेको उनले बताए । प्रतिक्रिया दिने क्रममा दुक्की खोइ ? भनेर समेत ओलीले सोधेका थिए ।

ओली सहित ‘रातो घर’ हेर्न पुर्व सभामुख सुवास नेम्वाङ, एमाले नेता प्रदीप ज्ञावली लगायत नेताहरु बिग मुभिज पुगेका थिए । यस्तै निर्माता छविराज ओझा, निर्देशक दिपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, गायक रामकृष्ण ढकाल, नायिका आश्मा डिसी लगायत उपस्थित थिए ।

निर्देशक सुब्बा र विल्सनको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा विल्सन, संयम र अनुराग सहित गौरव पहारी, मेनुका प्रधान, भानु प्रताप लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मले व्यापार सुखद गरिरहेको विल्सनले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha