‘दरबार’ घाटामा गएपछि विवादमा रजनीकान्त
एजेन्सी – साउथ सुपरस्टार रजनीकान्तको क्रेज उच्च छ । उनको स्टारडमलाई हेर्दै निर्माताहरु फिल्ममा जति पनि लगानी गर्न तयार हुन्छन् । तर उनको पछिल्लो समय रिलिज भएको फिल्म ‘दरबार’ले खासै कमाल देखाउन सकेन ।
यो फिल्मले विश्वव्यापी रुपमा २५० करोड कमाए पनि वितरकलाई घाटा भएको छ । फिल्म घाटामा गएपछि फिल्मका निर्माता तथा निर्देशक ए आर मुर्गादोशसँग वितरकहरुले आफ्नो घाटाको क्षतिपूर्ति माग गरेका छन् ।
केही दिन अगाडि फिल्मका वितरक रजनीकान्तको चेन्नईस्थित घरमा भेट्न पुगेको थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई गेटबाटै फर्काइदिएको थिए । वितरकहरुले रजनीकान्तले भेट्नसमेत नखोज्नु एकदमै निराशाजनक भएको भन्दै आफूहरुले भोक हडताल गर्ने निर्णय गरेको बताइसकेका छन् ।
त्यस्तै, फिल्मका निर्देशक मुर्गादोशले केही समयदेखि आफूलाई धम्की आइरहेको भन्दै प्रहरी सुरक्षाको माग गरेका छन् ।