ओस्कार अवार्डमा ‘जोकर’का फिनिक्स बने उत्कृष्ट अभिनेता
अमेरिकामा जारी ९२ औं संस्करण एकेडेमी अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले विदेशी भाषा फिल्मको अवार्ड जितेको छ । ‘जोकर’ फिल्मबाट उत्कृष्ट जोकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा ‘जुडी’बाट रेने जेल्वेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।
यस अवार्डमा उत्कृष्ट सह–अभिनेता र सह–अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । पिटले ‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मबाट सह–अभिनेताको अवार्ड हात पारेका हुन् । पिटसँगै टम हृयांक्स, सर एनथोनी हपकिन्स, अल प्याकिनोललगायत पनि नोमिनेसनमा परेका थिए ।
त्यस्तै, सह–अभिनेत्रीको नोमिनेसनमा अमेरिकन कलाकार क्याथी बेट्स, स्कारलेट जोनसन, फ्लोरेन्स पग र मारगट रोवी परेका थिए । तर ‘म्यारिज स्टोरी’को भूमिकालाई लिएर नोमिनेसमा परेकी डेनले अवार्ड हात पारेकी छिन् ।
‘प्यारासाइट’ले उत्कृष्ट निर्देशनसहित चारवटा अवार्ड जित्यो भने सर साम मेन्डेसको १९९७ फिल्मले तीनवटा अवार्ड जितेको छ ।