विवाह नगरी आमा बनिन् कल्की
एजेन्सी – बलिउड नायिका कल्की कोचलिन विवाह नगरी आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएकी हुन् ।
आमा बनेपछि उनले यसबारे आफैं जानकारी दिएकी छिन् । सामाजिक सन्जाल इन्स्टाग्राममा छोरीको नाम राख्दै उनले लेखेकी छिन्, ‘साप्फोको स्वागत गर्नुहोस् । उनले विवाह बिना बच्चा जन्माउदा शारीरिक र मानसिक समस्या भोग्नु परेको बताएकी छिन् । साथै उनले नौ महिनासम्म आफ्नो पेटमा रहेकी छोरीले अब आफ्नो स्पेस बनाउने विश्वास लिएकी छिन् ।
उनी प्रेमी हर्शबर्गसँग बस्दै आएकी छिन् । तर, यी दुईले विवाह गरेका छैनन् । उनी भन्छिन्, ‘हाम्रो विवाह गर्ने समय भएको छैन । तर, कुनै दिन अवश्य विवाह गर्नेछौँ ।’
कल्कीले निर्देशक अनुराग कश्यपसँग सन् २०११ मा विवाह गरेकी थिइन् । तर उनीहरुको बैवाहिक जीवन धेरै समय टिक्न सकेन् । उनीहरुले सन् २०१५ मै कानुनी रुपमा सम्बन्ध टुंगाएका थिए ।