‘दरबार’को असफलतापछि रजनीकान्तलाई पारिश्रमिक घटाउन माग
एजेन्सी – साउथ सुपरस्टार रजनीकान्तको पछिल्लो समय रिलिज भएको फिल्म ‘दरबार’ले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मले सोचे जति व्यापार नगरेपछि निर्मातालाई घाटा भएको छ ।
‘दरबार’ पछि रजनीकान्त ‘थलाइवर १६८’ मा देखिदैछन् । यो फिल्मको हाल हैदराबादमा छायांकन भइरहेको छ । भारतिय मिडिया अनुसार, दरबारको असफलतापछि यो फिल्मको लागि रजनीकान्तको पारिश्रमिक कम गरिएको छ । हालै फिल्मका निर्माताले रजनीकान्तलाई पारिश्रमिक घटाउन माग गरेका छन् । रजनीकान्त निर्माताको यो फैसलाबाट हैरान थिए । तर उनले आफ्नो पारिश्रमिक घटाएर आधा गरिदिए ।
यो फिल्ममा रजनीकान्तसँगै नयनतारा, कीर्ति सुरेश, खुशबू, मिना लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रकाश राज भिलेनको भुमिकामा देखिनेछन् ।