कमजोर रह्यो कार्तिक र साराको ‘लभ आजकल’
एजेन्सी – गत शुक्रबार देखि कार्तिक आर्यन र सारा अली खान अभिनित ‘फिल्म लभ आजकल’ प्रर्दशन भइरहेको छ । तर फिल्मको व्यापारमा लगातार गिरावट आइरहेको छ ।
‘भ्यालेन्टाइन डे’को अवसरमा रिलिज गरिएको फिल्मले १२ करोड ४० लाखमा धमाकेदार ओपनिङ्ग गरेको थियो । १२ करोडको ओपनिङ्ग गर्दा कर्तिकको फिल्म ‘लुका छुप्पी’, ‘सोनु के टीटूकी स्वीटी’ जस्ता फिल्मको रेकर्ड तोडेको थियो । तर, दोस्रो दिनमा फिल्मले ८ करोड १ लाख मात्रै कमाइ गर्याे । आइतबार ८ करोड १० लाख कमाइ गरेको फिल्मको व्यापार सोमबार ह्वात्तै घटेको छ । भारतिय ट्रेण्ड एनालिष्ट तरण आदर्शको अनुसार, सोमबार फिल्मले २ करोड ७५ लाख मात्रै कलेक्सन गरेको छ ।
कार्तिक र साराको जोडीलाई दर्शकले मन पराएका छन् । तर कहानी राम्रो नहुँदा फिल्म बक्स अफिसमा चुकेको छ । इम्तियाज अलीले निर्देशन गरेको फिल्ममा कार्तिक र सारासँगै आरुषि शर्माको पनि मुख्य भुमिका रहेको छ ।