बक्स अफिसमा आयुष्मानको फिल्मले विक्कीको ‘भूत’लाई पछि पार्यो
गत शुक्रबारबाट आयुष्मान खुराना स्टारर फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र विक्की कैशल स्टारर फिल्म ‘भूत’ प्रदर्शनीमा आएका छन् । यी दुवै फिल्म आशा गरिएको फिल्म हो । तर बक्स अफिसमा आयुष्मानले विक्कीलाई पछाडी पारेका छन् ।
भारतिय ट्रेन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ले रिलिजको पहिलो दिन नै ९ करोड ५५ लाखको कमाई गरेको छ । त्यस्तै ‘भूत’ले पहिलो दिन ५ करोड १० लाखको व्यापार गरेको छ ।
शनिबार दुवै फिल्मको व्यापार बढेको छ । आयुष्मानको फिल्मले ११ करोड ८ लाख कमाउदा विक्कीको फिल्मले ५ करोड ५२ लाख कलेक्सन गरेको छ । बक्स अफिसमा भूतले रामै व्यापार गरेपनि आयुष्मानको फिल्मको तुलनामा विक्कीको फिल्म कमजोर बनेको छ ।
‘शुभ मंगल ज्यादा सावधान’मा समलिंगी पुरुषको कथामा निर्माण भएको फिल्म हो । हितेश केवाल्य निर्देशन गरेको फिल्ममा आयुष्मान र गजराज रावको मुख्य भूमिका छ । त्यस्तै, फिल्म ‘भूत’लाई भानु प्रताप सिंहले निर्देशन गरेका हुन् । थ्रिलर तथा हरर जनरामा निर्माण भएको यस फिल्ममा विक्कीसँगै भूमि पाण्डेकरको पनि मुख्य भूमिका छ ।