‘मेरो लागि फेशन सहजता हो’: प्रियंका चोपडा
एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले फेशनलाई लिएर चर्चामा आइरहन्छिन् । उनको फेशन सेन्स राम्रो छ । उनले आफ्नो लागि फेशन सहजता रहेको बताएकी छिन् ।
उनले भनिन्, ‘मेरो लागि फेशन सहजता हो । म सधैं आफुलाई राम्रो महसुस गराउने चिज नै छनौट गर्छु । म नयाँ डिजाइनरहरुलाई आफुलाई भरोसा भएको कपडा तयार गर्नु भन्न चाहन्छु । तपाईहरु आफ्नो क्रिएटिभिटी देखाउनुस् । तपाईहरु आफुलाई बचाएर सिमा पार गर्न सक्नुहुन्न ।’
उनलाई फेसनको लागि तीन जरुरी चिजको बारेमा सोध्दा भनिन्, ‘मेरो लागि फेशन भावनाको प्रतिबिम्ब हो । जुन म त्यो दिन महसुस गर्छु, मेरो स्टाईलिस्ट्सको पनि चर्चा हुन्छ ।’